काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले अव्यवस्थित रूपमा टाँगिएका तारको व्यवस्थापन गर्न चार कम्पनी छनोट गरेको छ । "/>

अब मुख्य शहरमा असरल्ल छरिएका तार व्यवस्थापन गरिने

अब मुख्य शहरमा असरल्ल छरिएका तार व्यवस्थापन गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले अव्यवस्थित रूपमा टाँगिएका तारको व्यवस्थापन गर्न चार कम्पनी छनोट गरेको छ । कम्पनीले काठमाडौं, पोखरा लगायत सहरमा नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनी र केबल टीभी सेवाप्रदायक कम्पनीले अव्यवस्थित रूपमा टाँगेको तारलाई व्यवस्थापनका लागि पाइलट प्राजेक्ट तयार गर्न पहिलो चरणमा चार कम्पनी छानेको हो ।

यसका लागि तीन महिना अघि अन्तर्राष्ट्रिय स्तरमा परामर्शदाताका लागि आवेदन माग गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । प्राधिरकणले माग गरेको उक्त आवेदनमा ६ कम्पनीले आवेदन दिएका थिए । त्यस मध्ये प्राधिकरणले अन्तिम चरणका लागि चार कम्पनी छानेको हो । छानिनेमा दुई भारतीय कम्पनी, एक मलेसियन र एक दबईका कम्पनी छन् ।

भारतीय कम्पनीमा प्राइस वाटर हाउस कुपर्स प्रालि र केपीएजी छन् । त्यस्तै मलेसियन कम्पनी फाइबर टेल र दुबईको साइलेन्स कन्सल्टेन्सी छन् । ‘छनोट भएका चार कम्पनी मध्ये पनि उनीहरूको आर्थिक र प्राविधिक क्षमतालाई अध्ययन गरेर एउटा कम्पनी छनोट गरिनेछ, प्रवक्ता अर्यालले भने, ‘त्यसका लागि प्राधिकरणले चार कम्पनीसँग आर्थिक र प्राविधिक विवरण प्रस्ताव माग गर्नेछ। आएका प्रस्तावबाट क्वालिटी एन्ड कस्टका आधारमा सबैभन्दा उपयुक्तलाई छनोट गरिनेछ । छनोट भएको कम्पनीले अहिले सहरको शोभा बिगार्ने गरी टाँगिएका तारको व्यवस्थापनका लागि पाइलोट प्रोजेक्ट तयार गर्नेछ । साथै त्यसको मापदण्ड समेत बताउनेछ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo