काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका अधिकारीलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी, क्यानका निर्देशक मुरारीसहित ५ जना विरुद्ध यहीँ मंसिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।





























प्रतिक्रिया