चर्चित अभिनेता सौमित्र चटर्जीको आइतबार निधन भएको छ।
८५ वर्षीय चटर्जी एक महिनाअघि कोरोना संक्रमण भई कोलकातास्थित एक अस्पतालमा उपचाररत थिए । बंगाली फिल्मका चर्चित अभिनेता उनी जीवनको उत्तरार्धमा पुगिसक्दा पनि फिल्म अभिनय र निर्माणमा सक्रिय थिए। चटर्जीले सेप्टेम्बर अन्त्यमा परमव्रत चट्टोपाध्यायको फिल्म ‘अभिज्ञान’ मा सुटिङ गरेका थिए ।
उनले ओस्कार विजेता निर्देशक सत्यजित रेसँग मिलेर १४ वटा फिल्ममा काम गरेका छन्। उनले हिन्दी फिल्म ‘स्त्री का पत्र’ नामक फिल्म निर्देशन पनि गरेका थिए ।
सन् २००४ मा भारत सरकारबाट पद्मभूषण सम्मान प्राप्त गरेका उनले सन् २०१२ मा दादा साहब फाल्के अवार्डबाट सम्मान पाएका थिए।































प्रतिक्रिया