काठमाडौं

सरकारले हवाई यात्रुको बिमा बढाउन ‘मन्ट्रेयल कन्भेन्सन’ लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ । "/>

हवाई यात्रुको बिमा बढाउने सरकारको तयारी

हवाई यात्रुको बिमा बढाउने सरकारको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले हवाई यात्रुको बिमा बढाउन ‘मन्ट्रेयल कन्भेन्सन’ लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को ‘मन्ट्रेयल कन्भेन्सन’ लाई अनुमोदन गर्ने तयारी गरेको हो ।

नेपालले ‘मन्ट्रेयल कन्भेन्सन’मा प्रतिबद्धता जनाए पनि हाल सम्म संसद्बाट अनुमोदन नहुँदा विगत ६० वर्ष देखि एउटै बिमा रकम कायम हुँदै आएको छ र हवाई दुर्घटनामा मृत्यु हुने आफन्तका परिवारले थोरै मात्र बिमाको रकम पाउँदै आएका छन् ।

संसद्बाट अनुमोदन भएमा १ लाख १३ हजार १ सय डलर कम्तीमा पुनर्बिमा कम्पनीबाट क्षतिपूर्ति पाउनेछन् । हाल भने प्रतिव्यक्ति २० हजार डलर मात्रै रहेको छ । ठूला देशहरूले वार्सा कन्भेन्सनलाई कार्यान्वयनमा लगेका छन्, जसमा बिमा रकम १ लाख ५० हजार डलर रहेको छ । तर नेपालले भने सन् १९५५ को ‘हेग प्रोटोकल’ कार्यान्वयनमा राखेको छ । “हाम्रो ढिलासुस्तीले अनुमोदन नहुँदा पीडित परिवारलाई झन् पीडा दिने काम भइरहेकोले अब तत्काल संसदमा टेबल हुनेछ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने । अब बस्ने संसदमै यो विषय अनुमोदन हुने दाबी समेत मन्त्री अधिकारीले गरेका छन् ।
कारोबारबाट

Logo