तुलसीपुर
तुलसीपुर उपमहानगरपालिकाले शनिबार देखि उपमहानगर भित्र खरको छानो भएका घरमा बस्ने अतिविपन्न परिवारहरुलाई निःशुल्क जस्तापाता वितरण गर्न शुरु गरेको छ । तुलसीपुर उपमनपा–१ को भ्युडर सोनपुर गाउँबाट जस्तापाता वितरण शुरु गरिएको हो ।
शनिबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेय र उपप्रमुख माया आचार्यले संयुक्त रुपमा सो वडाका खरको छानो भएका गरिब तथा अतिविपन्न परिवारलाई जस्तापाता वितरण गरेर अभियानको शुरुवात गरेका हुन् । सो कार्यक्रममा प्रमुख पाण्डेयले आफुले निर्वाचनको समयमा खरको छानो भएका अतिविपन्न परिवारको घरमा जस्तापाता दिने प्रतिबद्धता गरेको र सोही अनुसार वितरण गर्न शुरु गरेको बताए ।
उनले यस वर्ष नगरपालिकाका विभिन्न वडामा रहेका ५ सय अतिविपन्न घरपरिवारलाई जस्तापाता वितरण गर्ने लक्ष्य रहेको बताए । सो वडाका अतिविपन्न २० घरलाई जस्तापाता निःशुल्क रुपमा प्रदान गरिएको थियो ।
रासस































प्रतिक्रिया