काठमाडौं

उर्जामन्त्री वर्षमान पुनले तीन करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाइने बताएका छन् । "/>

अब जलविद्युत आयोजनाको ठेक्का लिएर काम नगर्नेको लाइसेन्स खारेज गरिने

अब जलविद्युत आयोजनाको ठेक्का लिएर काम नगर्नेको लाइसेन्स खारेज गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

उर्जामन्त्री वर्षमान पुनले तीन करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाइने बताएका छन् । रसुवामा निर्माणाधिन विभिन्न जलविद्युत आयोजनाको निरीक्षण पश्चात स्याफ्रुबेसीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले हरेक नेपाली नागरिकलाई जलविद्युतको सेयरको हकदार बनाउन आगामी वर्षको बजेटमा नीतिगत व्यवस्था गरिन लागिएको बताए ।

‘आगामी आवको बजेटबाट हिमाल, पहाड, तराई सबै क्षेत्रका जनता जलविद्युतको सेयर रहने गरी नीतिगत व्यवस्था गरिने छ,’ मन्त्री पुनले भने । संघीय, प्रदेश र स्थानीय सरकार मिलेर जलविद्युतमा लगानी गर्न तयार रहेको उल्लेख गर्दै पुुनले निर्माणमा सहयोग गर्न स्थानीय राजनीतिक दल एवं आम जनतालाई आग्रह गरे ।

मन्त्री पुनले निर्माणाधिन विद्युत आयोजना समयमै सम्पन गर्न निर्देशन समेत दिए । आयोजना निर्माणको जिम्मा पाएका स्वदेशी तथा विदेशी ठेकेदार कम्पनीलाई समयमै काम सक्न निर्देशन दिँदै पुुनले लाइसेन्स ओगटेर एवं पीपीए गरेर काम नगर्नेलाई कारबाही गर्ने चेतावनी दिए । ‘लाइसेन्स मात्र होल्ड गरेर बस्ने, काम नगर्ने प्रवृत्तिलाई गम्भीर रुपमा लिएका छौं,’ उनले भने, ‘पीपीए गरेर काम नगर्नेको लाइसेन्स खारेज गर्छौं ।’

उनले नीतिगत रुपमै व्यवस्था गरेर ट्रान्समिसन लाइन निर्माण गरिने बताए । पुनले गल्छी–रसुवागढीसम्म सडकको स्तरोन्नतीका लागि सम्बन्धीत मन्त्रालयलाई झक्झकाउने र अध्यागमनका लागि भौतिक पूूर्वाधार निर्माणका लागि सम्वद्ध मन्त्रालयलाई आग्रह गर्ने प्रतिवद्धता जनाए ।
नागरिकबाट

Skip This
Skip This
Logo