काठमाडाैं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ।
यो सुविधामार्फत क्रेडिट कार्डवाहकहरूले अब पाँच हजार रुपैयाँभन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (इएमआई)मा रूपान्तरण गर्न सक्नेछन्। यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र पिओएस स्लिप १० दिनभित्र इएनएमबि एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्छन्।
न्यूनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधासहित ‘इन्स्टा बाइ’मार्फत स्वास्थ्य परीक्षण, यात्रा, जीवनशैली वा चाडपर्वलगायतमा हुने खर्च सहज रूपमा व्यवस्थापन गर्न सकिने बैंकले जनाएको छ।































प्रतिक्रिया