काठमाडौं । स्पेनिस फुटबलको शीर्ष डिभिजन ‘ला लिगा’ अन्तर्गत रोमाञ्चक खेलमा क्लब ओसासुनाले लेभान्टेलाई २-० को अन्तरले पराजित गरेको छ।
ओसासुनाले खेलको पहिलो हाफमै दुई गोल गर्दै आफ्नो जित सुनिश्चित गरेको थियो। घरेलु मैदानमा ओसासुनाको प्रदर्शन निकै बलियो रह्यो।
भिक्टर मुनोजले खेलको १३ औं मिनेट मा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए।
यसैगरी रुबेन गार्सिया सान्तोसले ३६औं मिनेटमा अर्को सुन्दर गोल गर्दै ओसासुनाको अग्रता दोब्बर पारे।
यस जितसँगै लिग तालिकामा ओसासुनाले महत्त्वपूर्ण तीन अंक जोड्न सफल भएको छ।































प्रतिक्रिया