स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरकारका निति नियम उलंघन गर्ने सुर्य टोबाको कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएकी छिन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालय सहित विभिन्न सरोकारित संस्थाको सहकार्यमा सनिबार राजधानीमा आयोजित सुर्तीजन्य पदार्थ नियन्त्रण र नियम सम्बन्धी अन्र्तक्रियामा राज्यमन्त्री अर्यालले सरकारका निति नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताइन् ।
सुर्य टोबाले आफ्नो उत्पादनमा सुर्तीजन्य पदार्थको बाहिरी कभरमा सुर्ती जन्य पदार्थले पुर्याउने हानी नोक्सानीको बारेमा अत्यन्तै सानो स्थान दिएको भएपनि कारवाही नभएको भन्ने गुसानो आएपछि मन्त्रीले सुर्य टोबालाई एक हप्ता भित्र कारबाहीको दायरामा ल्याउने बताइन् । उनले सुर्ती जन्य पदार्थको विक्रिमा १७ प्रतिशत कर लगाउने बारे पनि अर्थमन्त्रालय लाई पत्राचार गरिने बताइन् ।





























प्रतिक्रिया