काठमाडौं
नेपालमा १६ लाख बालबालिका अझै श्रमिकका रूपमा रहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । बालश्रम उन्मूलन सम्बन्धि कानुन बनेको २६ वर्ष बितिसक्दा पनि बालश्रमिक उन्मूलन नभएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् । नेपालमा सञ्चालित इँटा भट्टामा काम गर्ने बालबालिकाको संख्या ३२ हजार रहेको ग्लोबल फेयरनेस इनिसिएटिभ अन्तर्गत सञ्चालनमा रहेको बेटर ब्रिक नेपालले जानकारी दिएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रम ‘बाल बाध्यकारी र बधुवा श्रममा सञ्चारकर्मीको भूमिका’ विषय कार्यक्रममा सहभागीले बालश्रमिकबारे चिन्ता व्यक्त गरेका हुन् ।
ग्लोबल फेयर इनिसिएटिभका कन्ट्री डाइरेक्टर होमराज आचार्यले नेपालमा अझै १६ लाख बालबालिका श्रमिकका रूपमा कार्यरत रहेको जानकारी दिए । आचार्यका अनुसार ६ लाख २१ हजार बालबालिका अमानवीय श्रम गर्न बाध्य छन् । नेपालमा २९४ इँटा उद्योग सञ्चालनमा रहेको जानकारी दिँदै आचार्यले भने ‘इँटा उद्योगमा झन्डै ३२ हजार बालबालिका कार्यरत छन् ।’
इँटा भट्टामा काम गर्ने बालबालिकालाई आफ्नो संस्थाले पठाउने व्यवस्था गरेको जानकारी दिँदै आचार्यले भने, ‘हामी ४० वटा इँटा भट्टामा पुगेका छौं । हामीले विद्यालयमा भर्ना गरेका मध्ये ८० प्रतिशत बालबालिकाले राम्रो पढेका छन् ।’ इँटा भट्टामा कार्यरत बालबालिकाको भविष्यका लागि मिडियाले पनि पहल गर्नु पर्ने उनको भनार्इ थियो ।
राजधानीबाट





























प्रतिक्रिया