बाँके

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बाँके जिल्लाको समग्र विकाससँगै यस क्षेत्रका सडक तथा अन्य विकास निर्माणको कार्यले तीव्रता पाउने बताएका छन् । "/>

सिन्डिकेट अन्त्यको निर्णयबाट सरकार पछि नहट्ने : मन्त्री महासेठ

सिन्डिकेट अन्त्यको निर्णयबाट सरकार पछि नहट्ने : मन्त्री महासेठ

केन्द्रबिन्दु
0
Shares

बाँके

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बाँके जिल्लाको समग्र विकाससँगै यस क्षेत्रका सडक तथा अन्य विकास निर्माणको कार्यले तीव्रता पाउने बताएका छन् ।

नेकपा एमाले बाँकेद्वारा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री महासेठले यातायातको क्षेत्रमा सिन्डिकेट अन्त्यका लागि गरिएको निर्णयबाट सरकार कुनै पनि अवस्थामा पछि नहट्ने जिकिर गर्दै भने, “सिन्डिकेट अन्त्यपछि अब कार्ययोजना बनाएर यातायात सुधारका लागि मन्त्रालय अघि बढछ ।” उनले वर्तमान सरकारको सपना तथा योजना पूरा गर्नका लागि सबैको सहयोगको आवश्यकता रहेको औँल्याउनुभयो ।

त्यस अवसरमा नेकपा एमाले बाँके जिल्लाका अध्यक्ष अशोक कोइरालाले बाँकेवासीका तर्फबाट जिल्लामा राप्ती नदी र मानखोलाको कटान नियन्त्रण, हुलाकी सडक निर्माणमा सक्रियता, राप्तीपारि क्षेत्रमा सडक र विद्युतीकरण सहित जिल्लामा सडक निर्माणको विषयमा ध्यानाकर्षण गराउँदै छिटो भन्दा छिटो कार्य सम्पन्नका लागि माग गरेका थिए ।
रासस

Logo