काठमाडौं

बंगलादेश, भारत र नेपालबीच पहिलोपटक परीक्षणका रुपमा बससेवा शुरु भएको छ । तीन दिन अघि बंगलादेशको राजधानी ढाकाबाट कोलाकाता हुँदै यात्रुबाहक बस पहिलोपटक नेपालको संघीय राजधानीमा आइपुगेको छ । "/>

बंगलादेश–भारत–नेपाल बससेवा शुरु

बंगलादेश–भारत–नेपाल बससेवा शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बंगलादेश, भारत र नेपालबीच पहिलोपटक परीक्षणका रुपमा बससेवा शुरु भएको छ । तीन दिन अघि बंगलादेशको राजधानी ढाकाबाट कोलाकाता हुँदै यात्रुबाहक बस पहिलोपटक नेपालको संघीय राजधानीमा आइपुगेको छ ।

उक्त बसका यात्रीका रुपमा तीन वटै मुलुकका सरकारी प्रतिनिधिमण्डल सम्मिलित थिए । बससेवा प्रारम्भसँगै भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्टे शाम्सले शुक्रबार साँझ एक स्वागत समारोहको आयोजना गरे ।

त्यस अवसरमा उनले बससेवा प्रारम्भ भएकामा प्रशन्नता प्रकट गर्दै त्यसले बंगलादेश, भारत र नेपालमा समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । तीनवटै मुलुकको पर्यटन, व्यापार–वाणिज्य र जनसम्पर्क विस्तारबाट हाम्रो आर्थिक प्रगति हुनेछ, उनले भने ।
रासस

Logo