लुम्बिनी

जन्मका आधारमा र आमाका नामबाट अङ्गीकृत नागरिकता पाउनु पर्ने माग गर्दै रुपन्देहीवासीले जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएका छन् । "/>

नागरिकता माग गर्दै प्रशासनमा ज्ञापनपत्र पेश

नागरिकता माग गर्दै प्रशासनमा ज्ञापनपत्र पेश

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी

जन्मका आधारमा र आमाका नामबाट अङ्गीकृत नागरिकता पाउनु पर्ने माग गर्दै रुपन्देहीवासीले जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएका छन् । आमाबाबुको नागरिकता भएर पनि नेपाली नागरिकता पाउनबाट वञ्चित रहेको गुनासो गर्दै संघीय समाजवादी फोरम नेपाल रुपन्देहीको नेतृत्वमा नागरिकता पीडितले बुझाएको ज्ञापनपत्रमा नेपालको संविधानको कार्यान्वयन तथा अदालतले दिएको आदेशको पालन गर्नु राज्यको दायित्व र कर्तव्य भएको जनाउँदै संविधान बमोजिम सबै नेपालीले नेपाली नागरिकता पाउनु पर्ने पीडितको माग छ ।

फोरमका तर्फबाट रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेले सरकारले २०६३ सालमा वितरण गरेका नागरिकता पाउनेका सन्तानलाई नागरिकता नदिएर विभेद गरेको आरोप लगाए । उनका अनुसार यस्ता नागरिक रुपन्देहीमा मात्रै एक लाख बढी छन् । उनले आमाका नामबाट समेत नागरिकता दिने संविधानमा प्रावधान रहे पनि अहिले सम्म त्यो कार्यान्वयन हुन नसक्दा नागरिकले सास्ती खेप्नु परेको बताए ।

सिद्धार्थनगर नगरपालिका–७ का मनोज ढाडीले आफ्नो नागरिकता प्रमाणपत्र नहुँदा आफू वर्षौं देखि राज्यविहीन भएको आभास भएको बताए । नेपालमै २०६३ सालमा नागरिकता प्राप्त अभिभावकका सन्तानलाई नागरिकता प्रदान गर्नू भनी विभिन्न जिल्ला अदालतले गरेको परमादेशको आदेशलाई नजीर बनाउँदै रुपन्देहीमा पनि नागरिकता प्रदान गर्नु पर्ने पीडितको माग रहेको छ । प्रजिअ हरिप्रसाद मैनालीले अहिले स्पष्ट कार्यविधिका अभावमा नागरिकता प्रदान गर्न नसकिएको जानकारी दिए ।
रासस

Skip This
Skip This
Logo