वासिङटन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले मोवाइल फोनको आकारमा विभिन्न भाइरस र ब्याक्टेरियावाट हुने संक्रमण पत्ता लगाउने सानो प्याथोलोजी ल्यावको बिकास गरेका छन् ।
यो स्मार्टफोनको फोन रिडरले कुनै पनि विमारी ब्यक्तिको रगत, खकार वा पिसावको नमुनाको फोटो खिचेर त्यसको रंग अनुसार कुन किसिमको भाइरस र ब्याक्टेरियाले आक्रमण गर्न लागेको जानकारी दिने गर्छ । अहिले यो स्मार्टफोनले १२ किसिमका रोगहरुको पहिचान गर्न सकेको कुरा क्लिनिकल सिमिका एक्टा जर्नलमा प्रकाशित भएको छ ।
स्कुल अफ मेकानिकल एण्ड मेटेरियल्स इन्जिनियरिङका साहायक प्रोफेसर लि लीको नेतृत्वमा विकास गरिएको यो उपकरणले ग्रामिण क्षेत्रको उपचार पद्धतिलाई सहयोग गर्ने देखिन्छ । कतिपय स्थानमा प्याथोलोजी ल्यावको अभावमा चिकित्सकले लक्षण अनुसार रोगको पहिचान गर्नु पर्ने अवस्था रहेको छ । यस्तो अवस्थामा यो उपकरणले हाडे, दादुरा, ठेउला, दाद आदी जस्ता १२ किसिमका रोगहरुको पहिचान गर्न सफल भएको छ ।
यो उपकरणको ७ सय ७१ जनामा परिक्षण गर्दा ९९ दशमलब ९ प्रतिशत सहि जानकारी दिएको थियो । यो स्मार्टफोन रिडरले एकै पटक ९६ फरक स्याम्पलहरुको फोटो खिचेर रोगको पहिचान गर्न सक्छ । लिका अनुसार यसको क्षमता अनुसार यसलाई प्रयोगमा ल्याउन सकियो भने ग्रामिण क्षेत्रमा स्वास्थ सेवा एकै पटक धेरै ब्यक्तिमा राम्ररी गर्न सकिन्छ ।
विकाशसिल राष्ट्रको अब्यवस्थित स्वास्थ सेवालाई सुधार गर्न विकास गरिएको यो उपकरणलाई सस्तो मुल्यमा निकाल्ने प्रयास भैरहेको छ । अहिले यसको मुल्य ५ हजार रुपैंयाको हाराहारीमा पर्ने भएपनि यसको मुल्यलाई अझ कम गरेर यसको गुणस्तरमा बृद्धि गर्ने सोचाई बनाईएको छ ।





























प्रतिक्रिया