१० लाख युनिट बिक्री गर्दै बीवाईडी डल्फिनले नयाँ कीर्तिमान कायम

१० लाख युनिट बिक्री गर्दै बीवाईडी डल्फिनले नयाँ कीर्तिमान कायम

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । बीवाईडीको लोकप्रिय ह्याचब्याक कार डल्फिनले १० लाख युनिट बिक्री पार गर्दै महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ । सन् २०२१ अगष्टमा लन्च भएको यो मोडेलले छोटो समयमै प्रिमियम विद्युतीय ह्याचब्याक सेग्मेन्टमा बलियोस्थान बनाउन सफल भएको हो ।

चार वर्षमै १० लाख युनिट बिक्री गर्न सफल डल्फिन बीवाईडीका मोडेलहरू मध्ये छोटो समयमै सर्वाधिक बिक्री हुने कारको रूपमा स्थापित भएको छ। हाल चिनियाँ बजारमा यसको २०२५ मोडेल बिक्री भइरहेको छ ।

ई–प्लेटफर्म ३.० मा निर्माण गरिएको यो कारमा ४५ र ६० किलोवाट–आवर क्षमताका ब्याट्री अप्सन तथा ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। फास्ट–चार्जिङ सपोर्ट भएको यो ईभीलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। फुल चार्ज हुँदा यसले करिब ३४० किलोमिटर रेन्ज प्रदान गर्छ।

डल्फिनमा ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १०.१ वा १२.८ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन उपलब्ध छ। साथै अपरेटिङ सिस्टमका रूपमा बीवाईडीको आफ्नै डिलिंक प्रयोग गरिएको छ। कारमा ५० वाट क्षमताको वायरलेस फोन चार्जर पनि उपलब्ध गराइएको छ।

नेपाली बजारमा समेत डल्फिनले निकै राम्रो लोकप्रियता कमाइरहेको छ । प्रिमियम विद्युतीय ह्याचब्याक सेग्मेन्टमा पर्ने यस कारको मूल्य ४१ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको छ। साइमेक्स इन्क प्रालिको आधिकारिक वितरणमा रहेको डल्फिनको हालसम्म करिब २ हजार ५०० युनिट बिक्री भइसकेको छ ।

Skip This
Skip This
Logo