हाँस्यकलाकार सुवोध गौतमको ‘हाँस्नु पानी देउसी’ सार्वजनिक (भिडियो सहित)

हाँस्यकलाकार सुवोध गौतमको ‘हाँस्नु पानी देउसी’ सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । चर्चित हाँस्यकलाकार सुवोध गौतम (एदुमे) को ‘हाँस्नु पानी देउसी’ सार्वजनिक भएको छ । नेपाली हास्यव्यंग्य क्षेत्रमा लामो समयदेखि सक्रिय गौतमले ‘हाँस्ने घर’ को २२ औं श्रृंखला अन्तर्गत देउसीको विषयवस्तु प्रस्तुत गरेका हुन् ।

‘अदक्ष नेपाल भ्रमनिष्ट पार्टी हाँस्नु पानी देउसी २०७७’ नामबाट कार्यक्रम तयार पारिएको छ । देउसी कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को ‘क्यारिकेचर’ प्रस्तुत गरिएको छ ।

नवराज उप्रेतीद्वारा लिखित यस प्रस्तुतीमा राजु कमेडी भुजेल, सुमन कार्की, रमेश गजुरेल, रेशम प्रधान, अनु खड्का, सरु केसी लगायतले प्रस्तुती दिएका छन् ।

कलाकार गौतमले गनगन युट्युव टिभीमार्फत ‘हाँस्ने घर’ नामक हाँस्य प्रस्तुती प्रस्तुत गर्दै आएका छन् ।

Skip This
Skip This
Logo