रसुवा
रसुवामा भूकम्पले क्षति पुर्याएका निजी आवास पुनर्निर्माणले गतिलिएको छ । सरकारले अनुदान रकमको किस्ता बुझ्ने समयसीमा पटकपटक तोकेपछि पुनर्निर्माणले गति लिएको हो । जिल्लामा अहिले ९ हजार ५ सय जति लाभग्राहीले घर निर्माण गरिरहेका छन् । घर निर्माण गरिरहेका ८३ प्रतिशत लाभग्राहीलाई दोस्रो किस्ता र ३७ प्रतिशत लाभग्राहीलाई तेस्रो किस्ता सिफारिस गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रसुवाका अनुसार प्रक्रिया पूरा गरेका लाभग्राहीलाई तेस्रो किस्ता सिफारिस गरिएको हो ।
जिल्लाका ३ हजार ९९६ लाभग्राहीका लागि तेस्रो किस्ता सिफारिस गरिएको आयोजना प्रमुख धीर फडेराले जानकारी दिए । २०७२ वैशाख १२ गते गएको भूकम्पले जिल्लाको ९८ प्रतिशत घर भत्किएका थिए । जिल्लामा ११ हजार ६३३ परिवार लाभग्राहीको सूचीमा छन् । लाभग्राही मध्ये १० हजार ७०४ जनालाई पहिलो किस्ता, ८ हजार ८८१ जनालाई दोस्रो किस्ता र ३ हजार ९९६ जनालाई तेस्रो किस्ता वितरण गरिएको आयोजनाको तथ्याङ्क छ ।
लाभग्राहीले २०७५ असार मसान्त सम्म दोस्रो किस्ता र २०७५ पुस मसान्त सम्ममा तेस्रो किस्ता बुझीसक्नु पर्ने समयसीमा तोकिएको छ । यसअघि तोकिएको समयसीमा भित्र भूकम्पपीडितले अनुदान लिन नसकेपछि सरकारले दोस्रो पटक म्याद थपेको हो । अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा ६ सय ७७ निजीआवास पुनर्निर्माण भइसकेका छन् । छ वटा संस्थाले निर्माणको जिम्मा पाएका १ हजार १११ घर मध्ये ६ सय ७७ घर निर्माण सकेका छन् ।
नागरिकबाट































प्रतिक्रिया