काठमाडौं
सरकारले २३ वैशाख देखि संघीय संसद्को बजेट अधिवेशन बोलाउने प्रस्ताव राष्ट्रपति समक्ष पेस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटपूर्वको छलफलका लागि आगामी २३ वैशाख देखि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
संघीय संसद सचिवालयले संसद्को बजेट अधिवेशन २३ वैशाख देखि बोलाउन सरकारसँग गरेको प्रस्ताव अनुसार सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरको संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए । संवैधानिक व्यवस्थानुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुनेछ । संसद्को पहिलो अधिवेशन २० चैतमा अन्त्य गरिएको थियो । निर्वाचनपछि २१ फागुनमा पहिलो अधिवेशन बोलाइएको थियो ।
संसद बैठकमा पेस गर्ने गरी सरकारले विधेयकहरू तयारी गर्ने काममा तीव्रता दिएको छ । संसद सचिवालयले पनि दुवै सदनको बैठक सञ्चालन सम्बन्धी नियमावलीको मस्यौदालाई अन्तिम रूप दिन छलफललाई तीव्र पारेको छ ।
राजधानीबाट































प्रतिक्रिया