सुरेश रजक अब सधैंका लागि अमर भएका छन् -जगदीश खरेल

सुरेश रजक अब सधैंका लागि अमर भएका छन् -जगदीश खरेल

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शहीद सुरेश रजक अब सधैंका लागि अमर भएको बताएका छन् ।

शनिबार शहीद सुरेश रजकको परिवारसँगको भेटघाटमा उनले सरकारले सुरेशलाई शहीद घोषणा गरेको भन्दै अब उनी सबैका लागि अमर भएको बताए । शहीदको सम्मान पाउन त्यति सजिलो नभएको भन्दै ठूलै त्याग, समर्पण गुमाएपछि मात्रै शहीद हुन पाइने पनि उनको भनाई छ ।

उनले भने, ‘शहीद सुरेश रजकले जे जसरी आफ्नो ज्यान गुमाउनु पर्यो, त्यो एकदमै दुखद थियो । शहीद भैसकेपछि सुरेश रजक अब अमर हुनुभयो । उसलाई देश जनताले सम्झिरहने छन् । त्यो पनि सम्मानका साथ शहीदको सम्मान पाउन त्यति सजिलो छैन् । ठूलै त्याग, समर्पण गुमाउनुपर्छ अनि मात्रै शहीद हुन पाइन्छ ।’

यस्तै, उसको मृत्यु भएको हो कि मारिएको हो भन्ने कुरा अझै छानबिन हुन बाँकी रहेको पनि बताए ।

पत्रकारहरुलाई यसरी शहीद घोषणा गरेको घटना कमै हुने भन्दै यस्तो कार्य गर्न पाउँदा खुशी लागेको पनि उनको भनाई छ ।

Skip This
Skip This
Logo