एनपीएल विजेता लुम्बिनीलाई प्रधानमन्त्रीको बधाई

एनपीएल विजेता लुम्बिनीलाई प्रधानमन्त्रीको बधाई

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छन् ।

सामाजिक सञ्जाल (फेसबुक)मार्फत आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन् ।

बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छन्,“राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद ।”

लुम्बिनी लायन्सले आज भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिगको उपाधि जितेको हो । सुदूरपश्चिम भने दोस्रोपटक पनि उपविजेतामै समेटिएको छ ।

Skip This
Skip This
Logo