एमाले महाधिवेशनः यसरी चुनिनेछ ३०१ सदस्यीय केन्द्रीय कमिटी

एमाले महाधिवेशनः यसरी चुनिनेछ ३०१ सदस्यीय केन्द्रीय कमिटी

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ । बन्दसत्रमा प्रस्तुत गरिएको प्रस्तावअनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

प्रस्तावित संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहनेछन्। जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ।

प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै ८ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहनेछ, जसमा ५ जना खुल्ला, ३ जना महिला र १ जना युवा रहनेछन्। यसैगरी, खुल्ला कोटाबाट १ सय २५ जना केन्द्रीय सदस्य चयन हुनेछन्। उक्त कोटामा ७१ जना खुल्ला, ५२ जना महिला र २ जना युवा समावेश गरिएका छन्।

समावेशी संरचनाअन्तर्गत-

आदिवासी–जनजातिबाट २५ जना (खुल्ला १५, महिला ८, युवा २),

मधेसीबाट १९ जना (खुल्ला ११, महिला ६, युवा २),

दलितबाट १२ जना (खुल्ला ७, महिला ४, युवा १),

थारु समुदायबाट ८ जना (खुल्ला ५, महिला ३),

मुस्लिम समुदायबाट ५ जना (खुल्ला ४, महिला १)  

प्रवासतर्फ भारतबाट १ र अन्य देशबाट १ गरी २ जना,

श्रमिकबाट ३ जना (खुल्ला २, महिला १),

अपाङ्गता भएका व्यक्तिबाट १ जना,

पिछडिएको क्षेत्रबाट २ जना (खुल्ला १, महिला १)

सम्पर्क समन्वय कमिटीबाट २ जना (खुल्ला १, महिला १)  

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, प्रस्तावित संरचनाले पार्टीभित्र भौगोलिक, सामाजिक र पुस्तागत सन्तुलन कायम गर्दै समावेशी नेतृत्व निर्माणको आधार तयार गर्ने लक्ष्य लिएको छ।

Skip This
Skip This
Logo