बैतडी

बैतडीका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढी भए पनि दोगडाकेदार गाउँपालिका ३ स्थित केदारनाथ आधारभूत विद्यालयमा भने विद्यार्थी संख्या घट्दै गएको छ । "/>

२९ जना विद्यार्थीका लागि पाँच जना शिक्षक !

२९ जना विद्यार्थीका लागि पाँच जना शिक्षक !

केन्द्रबिन्दु
0
Shares

बैतडी

बैतडीका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढी भए पनि दोगडाकेदार गाउँपालिका ३ स्थित केदारनाथ आधारभूत विद्यालयमा भने विद्यार्थी संख्या घट्दै गएको छ । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा २९ जना विद्यार्थीका लागि पाँच जना शिक्षक कार्यरत छन् । कक्षा १ देखि ५ सम्म १९ जना र बालविकास केन्द्रमा १० जना गरी जम्मा २९ जना विद्यार्थी विद्यालयमा अध्ययनरत रहेका प्रधानाध्यापक शंकर ओडले बताए । उनले भने, ‘३ वर्ष अघि हाम्रो विद्यालयमा १ सय ५० जनाको हाराहारीमा विद्यार्थीहरू थिए । तर अहिले घटेर थोरै विद्यार्थी भर्ना भएका छन् । शिक्षक भने हामी ५ जना कार्यरत छौं ।’

गाउँमै निजी विद्यालयहरूको संख्या बढ्दै गएकाले अभिभावकहरूको रोजाइमा निजी विद्यालय पर्न थालेपछि विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको हो । ‘गाउँमा निजी विद्यालय समेत धमाधम खुल्न थाले । केही परिवार बसाइँ सरेर तराई गए । त्यसैले पनि विद्यालयमा विद्यार्थी संख्या कम भएको हो ।’ प्रअ ओडले भने, ‘निजीमा राम्रो पढार्इ हुन्छ भन्ने भ्रम छ । त्यसले पनि समस्या निम्त्याएको छ । निजीको पढाइ नराम्रो भए फेरि अभिभावकहरूले यतै भर्ना गर्छन् ।’
अन्नपूर्णबाट

Logo