काठमाडौं । नेकपा (एमाले)ले आफ्नो एघारौं राष्ट्रिय महाधिवेशनकाे निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
बन्दसत्र पछि एमालेले केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन तालिका सार्वजनिक गरेको हाे । केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना प्रकाशित गरी मंसिर २८ देखि पुस १ गतेसम्मको विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यक्रम पार्टीको विधान र निर्वाचन नियमावलीको अधिनमा रहेर तोकिएको छ र सम्पूर्ण कार्यक्रम अधिवेशन स्थलमै सञ्चालन हुनेछ।
































प्रतिक्रिया