काठमाडौं

तत्कालीन वनमन्त्री अग्नि सापकोटाले चीनलाई दुई जोडी एकसिंगे गैँडा दिने निर्णय गरेका थिए । "/>

चीनलाई उपहार दिने एकसिंगे गैँडाको खोजी गरिंदै

चीनलाई उपहार दिने एकसिंगे गैँडाको खोजी गरिंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

तत्कालीन वनमन्त्री अग्नि सापकोटाले चीनलाई दुई जोडी एकसिंगे गैँडा दिने निर्णय गरेका थिए । उनले २७ असार ०७३ को मन्त्रिपरिषद्बाट गैँडा उपहार दिने निर्णय स्वीकृत गराएका थिए । सोहि निर्णय बमोजिम अहिले चीनलाई उपहार दिने दुई जोडी एकसिंगे गैंडाको खोजी प्रक्रिया सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा चिनियाँ सहित नेपाली विज्ञहरूले गत बिहीबार देखि प्रत्येक दिन बिहान देखि बेलुका सम्म गैँडाको खोजी जारी राखेका छन् । आगामी एक हप्ता भित्र उपहार दिने गैँडा छोपेर बोमा राखिने चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

‘चीनलाई उपहार दिने एक देखि दुई वर्ष सम्मका गैँडा निकुञ्ज क्षेत्रमा खोजीलाई तीव्रता दिएका छौँ,’ उनले भने, ‘कम उमेरको गैँडा भएमा एक ठाउँबाट अर्को ठाउँमा लैजान सजिलो हुन्छ ।’ हप्ता दिन भित्र गैँडा फेला पारेर बोमा राख्ने गरी खोजीकार्य जारी राखिएको उनले बताए । पहिलो चरणमा एक जोडी केटाकेटी खोजी गरेपछि मात्र अर्को जोडी केटाकेटी खोजीकार्यलाई तीव्रता दिने उनको भनार्इ छ ।

गैँडा राख्न सौराहामा दुई प्रकारका बोमा तयार गरिएको छ । ‘एउटा सानो खालको बोमा चार देखि पाँच मिटर लम्बाइ, चौडाइ र गहिराइ बनाइएको छ । त्यो बोमामा गैँडालाई एक महिना सम्म पानी सहित घाँस लगायतका खाना दिन्छौँ,’ कँडेलले भने, ‘एक महिनापछि आठ फिट अग्लो ढलान गरी बनाएको बोमा दुई महिनासम्म गैँडालाई राख्छौँ ।’ यसरी बोमा राखिएपछि गैँडालाई चीन लैजान सजिलो हुने उनले बताए ।

नेपाल सरकारले आगामी असारमा चीनलाई गैँडा हस्तान्तरण गर्ने तयारी गरेको छ । यसका लागि गैँडा राख्ने विशेष प्रकारका खोर समेत तयार गरिसकिएको छ । चितवनबाट गैँडा काठमाडौ ल्याएर विमानमा राखेर चीन पुर्‍याइने भएको छ । तीन महिना सम्म बोमा राखेर खाना खुवाएपछि गैडालाई चीन पुर्‍याउन सजिलो हुने भएकाले यस्तो गरिएको हो । चीनको चिमे लङ सफारी पार्कका सहायक प्रबन्धक याङ गत ६ वैशाखमा चितवन आइपुगेका थिए । उनी अझै एक हप्ता बसेर स्वदेश फर्किने भएका छन् । याङले गैँडाको खाना, वासस्थान सम्बन्धी विषयमा चितवनमा अध्ययन गरिरहेका छन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo