हुम्लामा कोरोना समुदायस्तरमै फैलिएको आशंका

हुम्लामा कोरोना समुदायस्तरमै फैलिएको आशंका

केन्द्रबिन्दु
0
Shares

हुम्ला ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा आठ जना कोरोना सङ्क्रमित थपिएसँगै समुदायस्तरमै फैलिन थालेको आशंका गर्न थालिएको छ। दुई दिन अगाडि चार जनामा देखिएको कोरोना शुक्रबार थप आठ जनामा सङ्क्रमण देखिँदा नाम्खा गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या बाह्र जना पुगेको छ ।

सुर्खेतमा गरिएको नमूना परीक्षणमा आठ जनामा कोरोना सङ्क्रमण देखिए लगत्तै शनिबार त्यसतर्फ डा नविन रोकायाको नेतृत्वमा ल्याब टेक्निसियन र अन्य स्वास्थ्यकर्मीको टोली जिल्ला अस्पतालबाट पठाइएको छ ।

गाउँपालिकाको महाबौद्ध मावि याल्वाङ र उक्त विद्यालयको छात्रावासमा बसोवास गर्ने विद्यार्थीमा देखिएको कोरोना समुदायस्तरमा फैलिन नदिनका लागि चिकित्सकको टोली त्यसतर्फ पठाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रमुख प्रेम सिंहले जानकारी दिए ।

सुमदायस्तरमै कोरोना भाइरसको संख्या बढेपछि जिल्ला अस्पतालबाट चिकित्सकसहितको टोली नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङतर्फ पठाइएको प्रमुख सिहंले बताए।

Skip This
Skip This
Logo