काठमाडौं । नेकपा एमाले ११औँ राष्ट्रिय महाधिवेशनको मतदान सम्पन्न भएको छ । केही बेरअघि सम्पन्न मतदानको अहिले मुचुल्का उठाउने काम सुरु भएको छ । मतगणना सुरु भएको तीन घण्टामा सम्पूर्ण मतपरिणाम आइसक्ने जानकारी निर्वाचन आयोगले दिएको छ ।
कुल मतदाता २ हजार २६३ रहेकोमा २ हजार २२७ मत खसेको थियो । ३६ जना मतदान प्रक्रियामा सहभागी भएका थिएनन्। बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल भिडेका छन्।





























प्रतिक्रिया