एमाले महाधिवेशनको मत गन्न सुरु,फाइनल नतिजा आउन ३ घण्टा लाग्ने

एमाले महाधिवेशनको मत गन्न सुरु,फाइनल नतिजा आउन ३ घण्टा लाग्ने

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको मत गणना सुरु भएको छ । तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ । कुल २,२६३ मतदातामध्ये २,२२७ मत खसेको थियो, ३६ जना अनुपस्थित रहे।
नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत भएको मतदानको गणना प्रारम्भ भएको छ ।

तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी मतगणना सुरु भएको एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।

निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका थिए ।

बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको थियो।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा छ । त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे प्रतिस्पर्धामा छन् ।

Skip This
Skip This
Logo