काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङ लोकप्रिय भोट सहित एमाले केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
१७ सय २१ मतसहित नेम्वाङले खुल्ला क्लस्टरबाट केन्द्रीय सदस्य जितेका हुन् । केपी ओली पक्षले सुरूमा प्यानलमा नराखेपछि उनले ‘स्वतन्त्र’ रूपमा उम्मेदवारी दिएका थिए । पछि उनलाई ओली पक्षले अन्तिम सूचीमा समेटेको थियो ।
सुहाङ एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् ।































प्रतिक्रिया