बारा
बहुप्रतिक्षित मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईपलाईन निर्माण आयोजनामा पाईप गाड्ने कार्य सुरु भएको छ । मंगलबार सिमरामा बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पाईप गाड्ने कार्यको शिलन्यास गरे । गत फागुन २३ देखि आयोजनाले पाईपको वेल्डिङ कार्य सुरु गरेको थियो । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमवार खाडल खन्ने कार्य सुरु गरिएको थियो ।
भारतको रक्सौल देखि बाराको अमलेखगंज सम्मको ३६.२० किलोमिटर लामो पेट्रोलियम पाईप लाईन बिस्तारको जिम्मा भारतीय कम्पनी ‘लिखिथा ईन्फ्रास्टक्चर प्रा.लि.ले पाएको छ । नेपाल आयल निगमको सिमरास्थित पेट्रोलियम पाईप लाईन आयोजना कार्यालयका आयोजना विज्ञ शरदकुमार पौडेलले पाईप लाईन विस्तार कार्य आगामी १५ महिना भित्र सक्ने लक्ष्य रहेको जानकारी दिए ।
उनका अनुसार मोतिहारी देखि रक्सौल सम्म पाईप बिच्छाउने कार्यका लागि भारतीय दुई सय ७५ करोड लाग्ने भएको छ । यो रकम मध्ये २ सय करोड भारतीय पक्ष र बाँकी रकम नेपालले खर्च गर्ने सहमति भएको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया