विश्व ध्यान दिवसमा समर्थगुरु संघ नेपालद्वारा विशेष ध्यान कार्यक्रम आयोजना

विश्व ध्यान दिवसमा समर्थगुरु संघ नेपालद्वारा विशेष ध्यान कार्यक्रम आयोजना

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । समर्थगुरु संघ नेपालले ‘विश्व ध्यान दिवस’का अवसरमा काठमाडौंमा एक विशेष ध्यान–जागरूकता तथा अभ्यास कार्यक्रमको आयोजना गर्ने भएकाे छ ।

संघले आइतबार बिहान ०७ः३० बजेदेखि साँझ ६ः०० बजेसम्म उक्त कार्यक्रम आयोजना गर्ने भएकाे हो ।

संघका अनुसार वर्तमान समयमा मानिसहरूमा बढ्दो तनाव, बेचैनी, र असन्तुष्टिलाई सम्बोधन गर्न यो कार्यक्रम केन्द्रित रहेको छ । विशेषगरी डिजिटल मनोरञ्जन र स्क्रिनमा बढ्दो निर्भरताले मानिसको निद्रा, मानसिक स्वास्थ्य र समग्र जीवनशैलीमा नकारात्मक असर पारिरहेको सन्दर्भमा संघले ध्यानको महत्त्वलाई जोड दिएको हो।

यस्तो पृष्ठभूमिमा संघले आनन्दको वास्तविक स्रोत बाहिर होइन, भित्र रहेको र आफ्नै चेतनासँग जोडिने सरल र व्यावहारिक उपाय “ध्यान” भएको स्पष्ट पारेको छ। साथै, संघले यो डिसेम्बर महिनादेखि विभिन्न शैक्षिक संस्थानहरूमा नियमित रूपमा इण्टरएक्टिभ ध्यान सत्र र रियल–टाइम अभ्यासमार्फत ध्यानलाई जीवनशैली बनाउने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

संघका अनुसार आफ्नो चेतनासँग जोडिँदा जीवनमा शान्ति, सन्तोष, स्थिरता, सम्मान, आत्मप्रेम, उमङ्ग, उत्साह, प्रसन्नता, सहअस्तित्वभाव, सकारात्मकता, आत्मविश्वास, निर्भयता, स्वतन्त्रता, तृप्ति, पूर्णता, पूर्ण स्वास्थ्य, आत्मपरिचय — र अन्ततः सफलतालगायतकाे गुणहरूको विकास हुन्छ ।

समर्थगुरु संघले आनन्द र उत्सवपूर्ण जीवनका लागि जीवनशैली रुपान्तरण गर्न प्रेरकको भूमिका खेल्दै आएको छ । यसअघि पनि संघले देशका विभिन्न स्थानमा जनचेतनामूलक ध्यानका अन्तर्क्रियात्मक कार्यक्रम प्रयोगका साथ गर्दै आएको छ ।

Logo