बिहानदेखि काठमाडौंमै रोकिए रवि लामिछाने, भैरहवाको मौसम खराब

बिहानदेखि काठमाडौंमै रोकिए रवि लामिछाने, भैरहवाको मौसम खराब

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । भैरहवाका लागि हिँडेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै रोकिएका छन् ।

भैरहवाको मौसम खराब हुँदा लामिछाने शुक्रबार बिहानदेखि काठमाडौँमै रोकिएका हुन् ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने आज अदालत उपस्थित हुन जहाजमार्फत भैरहवा जान लागेका हुन् । तर अहिलेसम्म उडान भएको छैन ।

लामिछानेको धरौटी राख्ने रकमको बैंक ग्यारेन्टी तयारी भइसकेकाले आजै छुट्ने जनाइएको छ। जेलबाट छुटेपछि सिधैं चितवन जाने कार्यक्रम रहेको छ ।

Skip This
Skip This
Logo