काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवनस्थित भरतपुर विमानस्थल हुँदै रुपन्देही जाने भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भैरहवा विमानस्थलसम्म जहाजमा जाने तयारीमा बिहान ७ः५५ बजेदेखि कुरिरहे पनि भैरहवाको मौसम नखुलेपछि उनी भरतपुरको लागि बुद्ध एयरको जहाज चढेका हुन् ।
उनलाई नेपाल प्रहरीको रोहबरमा भैरहवा लगिँदैछ । भरतपुरबाट भने उनी सडकमार्गबाट रुपन्देही जानेछन् ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने आज अदालत उपस्थित हुन जहाजमार्फत भैरहवा जान लागेका हुन् ।





























प्रतिक्रिया