वीरगन्ज
भारतबाट वीरगन्ज नाका हुँदै इन्धन ढुवानी गर्ने नेपाली ट्याङकर चालकहरुले सोमबार देखि आन्दोलन थालेका छन् । आफना सहकर्मीलाई प्रहरीले कुटपिट र दुव्र्यवहार गरेको भन्दै ट्याङकर चालकहरु सोमबार देखि इन्धन ढुवानी ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन् ।
वीरगन्जको सीमावर्ती भारतीय सहरमा रहेको इण्डियन आयल कर्पोरेशन (आइओसी) को डिप्पोमा आइतवार इन्धन लोड गर्न गएको ना ३ ख ९६३९ नम्बरको ट्याङकर इन्धन लोड हुन नसकेपछि रित्तै फर्किएको थियो । रक्सौलबाट रित्तै फर्किएको ट्याङ्करका चालक चितवन घर भएका सन्तोष प्रसाईलाई वीरगन्ज भन्सार नाकाको इनर्वा प्रहरी चौकीमा कार्यरत प्रहरीले कुटपिट गर्दै रातभर थुनामा राखेपछि विरोधमा ट्याङकर चालकहरु आन्दोलित भएका हुन् ।
इन्धन ढुवानी ठप्प पारेर आन्दोलित चालकहरुले वीरगन्जस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयमा सोमबार धर्ना दिनुका साथै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पनि बुझाएका छन् । आइतवार साँझ चालक सन्तोषलाई इनर्वामा कार्यरत प्रहरी नायव निरीक्षक विनोद मल्लिकले सडकजाम गरेको भन्दै भन्सार नाका नजिक कुटपिट गर्दै नियन्त्रण लिएर राति ११ बजे छाडेको नेपाल ट्याङकर चालक संघका अध्यक्ष विनोद मानन्धरले बताए । इन्धन लोड गर्न रक्सौल जाने क्रममा इनर्वा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मल्लिकले चालकलाई कुटपिट गरेर नियन्त्रणमा लिएको भन्दै त्यसैको विरोधमा सोमबार देखि संघमा आबद्ध तीन सय चालक आन्दोलनमा उत्रिएको उनले बताए ।
अन्नपूर्णबाट































प्रतिक्रिया