ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा

ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । ब्रिटिस काउन्सिलको आइइएलटिएस उपहारको तेस्रो संस्करणका विजेतालाई पुरस्कृत गरेकाे छ । सन् २०२४ को आइइएलटिएस उपहारको सफलतापछि थप परिस्कृत र सम्मान दिने उद्देश्यसहित परीक्षामा सहभागी भएका विद्यार्थीका लागि ब्रिटिस काउन्सिलले आइइएलटिएसको तेस्रो संस्करण आयोजना गरेको थियो ।

यसपटक १५ अगस्टदेखि ३० नोभेम्वरसम्म पेपर वा कम्प्युटरमार्फत आइइएलटिएसको परीक्षा दिनका लागि दर्ता भएका र आवश्यक शुल्क बुझाएका विद्यार्थी सहभागी भएका थिए ।

सहभागीमध्ये ९७ जना विद्यार्थीले उपहार जितेका छन् । साप्ताहिक लक्की ड्रबाट पुरस्कार जित्ने विद्यार्थीको चयन गर्दै ब्रिटिस काउन्सिलको फेसबुक पेजबाट घोषणा गरिएको थियो ।

यस वर्ष तीन जनाले मासिक रुपमा विजेता भएका थिए भने चार जनाले बम्पर पुरस्कार प्राप्त गरेका छन् । उनीहरुमध्ये मासिक रुपमा विजेता भएका तीन जनाले एप्पलको म्याकबुक एयर प्राप्त गरेका छन् । त्यस्तै, तीन जनाले बेलायत, युरोप र अमेरिकाका लागि टर्कीस एयरलाइन्सले प्रयोजन गरेको एकतर्फी हवाइ टिकट जितेका छन् भने एक विजेताले अस्ट्रेलिया जानका लागि ब्रिटिस काउन्सिलले प्रायोजन गरेको हवाइ टिकट जितेका छन् ।

  • एप्पलको म्याकबुकका विजेता–प्रान्तिका अधिकारी, श्रद्धा श्रेष्ठ र कृतज्ञ श्रेष्ठ
  • बेलायत, युरोप र अमेरिका जाने हवाइ टिकटका विजेता–सुशोभन चिमोरिया, अतिथी थापा र सन्दीप जमकट्टेल
  • अस्ट्रेलिया जाने हवाइ टिकटका विजेता–शिक्षा त्रिपाठी

पुरस्कार वितरण समारोहमा आइइएलटिएसको दर्ताका लागि योगदान गरेका १० वटा साझेदार संस्थामध्ये तीन वटाको चयन गरेर पुरस्कृत गरिएको थियो । आइइएलटिएसको प्रवद्र्धनका लागि सहयोग गरेवापत् तीन वटा साझेदारलाई आइप्याड प्रदान गरियो ।

उत्कृष्ट साझेदार निम्न अनुसार छन्ः

  • आरटीसी इङलिस
  • सुमेधा एजुकेसन नेटवर्क
  • द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी

पुरस्कार वितरण समारोहमा बोल्दै ब्रिटिस काउन्सिल नेपालकी निर्देशक प्रतिष्ठा थापाले भनिन्, “आइइएलटिस उपहार अभियानका सबै विजेतालाई बधाइ दिन चाहान्छु । नेपालभर आइइएलटिसको पहुँच विस्तार गरिरहँदा हामीले क्षमतावृद्धि र उपलव्धता बढाउँदै परीक्षाका सहभागीका लागि उनीहरुको रोजाइ, सुविधा र गुणस्तरमा ध्यान केन्द्रित गरेका छौं । साझेदारहरुसँगको बलियो सहकार्य र समन्वयबाट हामी प्रेरित भएका छौं, साझेदारहरुले आइइएलटिएसको परीक्षामा सहभागी हुने विद्यार्थीलाई उच्च शिक्षाको खोजीका लागि आत्मविश्वासका साथ अघि बढ्न सुरक्षित र उच्च गुणस्तरिय मूल्याङ्कनका लागि हामीलाई निरन्तर सहयोग गरिरहेका छन् ।”

Skip This
Skip This
Logo