काठमाडौँ

नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते नै एकता हुन कठिन हुँदै गएको छ । "/>

एमालेसँग एकतामा तनाव भएपछि प्रचण्ड सुटुक्क सुकुटेमा

एमालेसँग एकतामा तनाव भएपछि प्रचण्ड सुटुक्क सुकुटेमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते नै एकता हुन कठिन हुँदै गएको छ । जनयुद्धको सम्बोधन, चुनाव चिन्ह, एकीकृत कमिटीमा दुई पार्टीबाट रहने संख्याको अनुपातमा कुरा नमिलेपछि एकता अप्ठेरो मोडमा पुगेको हो । एमाले पक्षका नेता पार्टीको जन्मदिन वैशाख ९ गते नै एमाले र माओवादी एकता घोषणा हुने कुरामा ढुक्क छन् । यद्यपी माओवादीका नेताहरु वैशाख ९ गते नै एकता हुन कठिन हुने धारणा राख्दै आएका छन् ।

पार्टी एकीकरण प्रक्रिया संवादहीन रहकै अवस्थामा माओवादी अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ एकाएक सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । दाहाल राजनीतिक तनावबाट मुक्त हुन वा राजनीतिलाई निकास दिन अथवा विशेष गृहकार्यका लागि सुकुटे जाने गरेका छन् । माओवादी नेता अग्निप्रसाद सापकोटाका साथ सुकुटे पुगेका दाहाल सोमबार प्रधानमन्त्री केपी ओलीसँग हुने द्विपक्षीय वार्ताको बारेमा गम्भीर गृहकार्य गर्न सुकुटे पुगेको स्रोतको दाबी छ । ‘पार्टी एकतालाई निष्कर्षमा पुर्याउन पनि गृहकार्य आवश्यक पर्ने भएकाले अध्यक्ष सुकुटे आउनु भएको हो’, स्रोतले भन्यो ।

एमाले र माआोवादी नेता संलग्न संगठन सम्बन्धी कार्यदल र राजनीतिक प्रतिवेदन कार्यदलले वैशाख ९ गते कम्युनिस्ट पार्टीकै जन्मदिन पार्टी एकता गर्न सुझाव दिएको थियो । कार्यदलको सुझाव अनुसार शीर्ष नेताले पनि वैशाख ९ गते नै पार्टी एकता घोषणा गर्ने गरी तयारी अघि बढाउने निर्णय गरिसकेका छन् ।

यद्यपी अझै धेरै विवाद मिल्न बाँकी रहेको र समाधानको प्रयास पनि नभएकाले सो मितिमा एकता नहुने भन्दै माओवादी केन्द्रका एक नेताले भने,‘ विवादित विषय मिलाउन कुनै प्रयास भएकै छैन । अब वैशाख ९ गते त कसरी एकता हुन्छ ?’ दुई वटा कार्यदलले विवादित विषय मिलाउने जिम्मा शीर्षस्थ नेतालाई दिएका थिए सो अनुसार एकता संयोजन समितिको बैठक नै बस्न नसकेको ती नेताले बताए ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भारत भमणबाट फर्किएपछि बैठक बोलाइए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्वस्थताको कारण देखाएर अनुपस्थित भएकाले बैठक बस्न सकेन । प्रधानमन्त्रीको रारा सम्बोधनका कारण आइतबार सम्म शीर्ष नेताद्वयकै बैठक बस्न सकेको छैन । एमाले संसदीय दलका उपनेता एवं कार्यदलका नेता सुवास नेम्वाङले प्रधानमन्त्रीको भारत भ्रमण र राराबाट देशवासीका नाममा दिएको सम्बोधनले पार्टी एकता प्रक्रिया केही ढिलो जस्तो देखिए पनि केही दिनमै ओली र दाहालबीच बैठक बस्दै सहमतिका बाँकी प्रक्रिया अघि बढ्ने बताए ।
अन्नपूर्णबाट

Logo