यौन खेलौना खोज्ने प्रतियोगिता सम्पन्न

यौन खेलौना खोज्ने प्रतियोगिता सम्पन्न

केन्द्रबिन्दु
0
Shares

बेल्जियममा बार्षिक रुपमा आयोजना हुदैं आएको यौन खेलौना खोज्ने प्रतियोगिता सम्पन्न भएको छ ।

महिला स्वतन्त्रताको पक्षमा हौसला दिने उद्धेश्यले बेल्जियमको मध्यमा रहेको विपियोन ग्रामिण क्षेत्रमा यो प्रतियोगिता आयोजना हुने गरेको छ । केबल महिलाहरुले मात्र सहभागिता गर्न पाउने यो प्रतियोगितामा यसपटक ४ हजार महिलाहरुले यौन खेलौना खोज्ने प्रतियोगितामा आफुहरुलाई सहभागी गरेका थिए ।

बेल्जियमकै एक सेक्स टोय निर्माता कम्पनी सफ्ट लभले बार्षिक रुपमा अयोजना गर्दै आएको यो महोत्सव यसपटक आठौं संस्करणमा चलेको थियो । आयोजकले महिलाहरुले यौन प्रसाधनको रुपमा प्रयोग गर्ने विभिन्न ८ सय सामग्रीहरुलाई जमिनमा फरक फरक ठाउँमा गाडेर राखेका थिए । सहभागी महिलाहरुले गाडेको स्थान आफैं पत्ता लगाएर खोस्रेर निकाल्नु पर्ने हुन्छ । यसरी निकालेको सामग्री पाउने ब्यक्तिकै हुन्छ ।

यसपटक आयोजना भएको महोत्सवमा पुरुषहरुलाई पनि सहभागी गराईएको थियो । सहभागी भएका पुरुषहरुलाई यौन प्रसाधन झल्कने लुगा लगाएर आए मात्र मैदानमा प्रवेश दिईएको थियो ।

Logo