काठमाडौँ

प्रचुर सम्भावना भएर पनि कर्णाली प्रदेश बहुआयामिक गरिबीको सूचकांकमा सबैभन्दा गरिब प्रदेशमा पर्छ । "/>

नाम राख्नमा अगाडि कर्णाली समृद्धिमा भने अझै निकै पछाडि

नाम राख्नमा अगाडि कर्णाली समृद्धिमा भने अझै निकै पछाडि

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रचुर सम्भावना भएर पनि कर्णाली प्रदेश बहुआयामिक गरिबीको सूचकांकमा सबैभन्दा गरिब प्रदेशमा पर्छ । तैपनि भौतिक र सामाजिक पूर्वाधारमा लगानी वृद्धि गर्न सकियो भने समृद्धिको ढोका खोल्न सकिन्छ । नयाँ योजना नीति भन्दा बढी मनोविज्ञानमा परिवर्तन र व्यवस्थापनमा जोड दियो भने कर्णाली प्रदेशलाई समृद्ध बनाउन सकिन्छ । त्यसका लागि पर्यटन, जडीबुटी, वन, जलस्रोत मुख्य आधार हुन् । यसमा सहयोगीका रूपमा थपिन्छ, कृषि ।

भौगोलिक अवस्थितिका आधारमा पशुपालन, फलफुल र खेतीपातीको ‘पकेट क्षेत्र’ बनाउँदा कृषि कुल गार्हस्थ उत्पादनमा सहयोगी हुनेछ । तर अहिले सम्म कर्णालीमा भएको आर्थिक रूपमा सक्रिय तीन लाख ३२ हजार नौ सय ३१ जनशक्तिको उपयोग र व्यवस्थापन हुन सकेको छैन । यद्यपि कर्णालीवासी प्राकृतिक सम्पदारूपी चाँदीको घेराबाट समृद्धिको सपना देख्न थालेका छन् ।

भौगोलिक विकटता, आर्थिक कमजोरी, जनचेतनाको अभाव र यातायात सञ्जालको कमीका कारण कर्णाली प्रदेशको स्वास्थ्य अवस्था कमजोर छ । एकातिर दरबन्दी अनुसार स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा उपलब्ध हुँदैनन् भने अर्कातिर विश्व स्वास्थ्य संगठनको १० हजार जनाबराबर तीनजना चिकित्सक हुनुपर्ने अनुपातमा चिकित्सकको व्यवस्था गरिएको छैन ।

यस्तै कर्णालीका प्राथमिक विद्यालय तहमा विद्यार्थीको भर्नादर उत्साहजनक देखिए पनि गुणस्तर कमजोर छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले संकलन गरेको तथ्यांक अनुसार प्राविमा ९७ प्रतिशत बालबालिका विद्यालयमा भर्ना भएको देखिन्छ भने उमाविमा १८ प्रतिशत मात्रै छ । तर निमावि तहमा आइपुग्दा त्यो प्रतिशत ८४.९ र माध्यमिक तहमा ५५.८ मा झर्ने गरेको छ । कर्णाली प्रदेशको आम्दानीको गतिलो स्रोत जडीबुटी हो । त्यसमा पनि डोल्पामा पाइने यार्सागुम्बा मुख्य मानिएको छ । देशका २५ जिल्लामा वार्षिक पाँच टन संकलन गरिने यार्सागुम्बा मध्ये डोल्पामा ५७ प्रतिशत संकलन हुन्छ । डोल्पाको स्थानीय बजारमा एक किलो यार्सागुम्बा ३५ लाख रुपैयाँमा बिक्री हुन्छ ।

कर्णाली प्रदेशमा दुई दर्जन भन्दा बढी आकर्षक पर्यटकीय गन्तव्य छन् । मुगुको रारा, छायानाथ मन्दिर, डोल्पाको शे–गुम्बा, शे–फोक्सुुण्डो ताल, जुम्लाको सिंजा, दैलेखको ज्वालामुखी, दुल्लु दरबार, नेपाली भाषाको पहिलो लिपी, हुम्लाको हिल्सा, लिमी उपत्यका, एक हजार वर्षभन्दा पुरानो हल्जी गुम्बा, सुर्खेतको काक्रेबिहार, बुलबुले ताल, सल्यानको कुभिण्डे दह चर्चित पर्यटकीय गन्तव्य हुन् । तर यी सम्भावना भए पनि यो प्रदेशले विकासमा फड्को मार्न अझै धेरै समय कुर्नु पर्ने अवस्था छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo