एमालेको वैचारिक पतन, नेतृत्व केन्द्रित ढाँचाले आत्मघात: सुशील प्याकुरेल

एमालेको वैचारिक पतन, नेतृत्व केन्द्रित ढाँचाले आत्मघात: सुशील प्याकुरेल

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । मानव अधिकार अभियन्ता तथा राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक सदस्य सुशील प्याकुरेलले नेकपा (एमाले)को वैचारिक पतन भएको र नेतृत्व–केन्द्रित ढाँचाले पार्टीमा गहिरो घात पुगेको चेतावनी दिएका छन्। हालै सम्पन्न ११औँ महाधिवेशनको विश्लेषण गर्दै प्याकुरेलले भने, ‘पार्टीमा फियर साइकोलोजी यति बढाइएको छ कि फरक मत राख्न कार्यकर्ताले बोल्नै नसक्ने अवस्था सिर्जना भएको छ । व्यक्ति–केन्द्रित शक्ति बढ्दै गएपछि वैचारिक बहस कमजोर हुँदै गएको छ ।’

प्याकुरेलका अनुसार एमालेको ऐतिहासिक पृष्ठभूमि सामूहिक नेतृत्व, वैचारिक संघर्ष र जनताको बहुदलीय जनवादमा आधारित रहेको थियो। तर पछिल्लो समय पार्टी एक व्यक्तिको वरिपरि घुम्ने प्रवृत्तितर्फ उन्मुख भएको उनले बताए । ‘अब नेताको वरिपरि मात्र पार्टी घुम्छ भन्ने प्रवृत्तिले दीर्घकालमा पार्टी र लोकतान्त्रिक अभ्यास दुवै जोखिममा पर्छ,’ उनले भने।

उक्त अवस्था सुधार्न पार्टीलाई विचार–केन्द्रित, समावेशी र खुला बहसको वातावरण फर्किनु आवश्यक रहेको प्याकुरेलको भनाइ छ । उनले नेतृत्वसँग चेतावनी दिँदै भने, ‘पार्टीको अस्तित्व व्यक्ति केन्द्रित उयष्तिष्अक मा सीमित रहँदा वैचारिक आधार कमजोर हुन्छ र दीर्घकालीन नेतृत्व संकटमा पर्छ।’

प्याकुरेलले पार्टीभित्र विचारको पुनःजागरण, सदस्यहरूको सक्रिय सहभागिता र नेतृत्व–केन्द्रित सोचको सट्टा वैचारिक बहसलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनले समकालीन चुनौती र सामाजिक वास्तविकतालाई बुझेर पार्टीले आफ्ना सिद्धान्त र उद्देश्यसँग मेल खाने नीति र निर्णय लिनु आवश्यक रहेको बताए।

Skip This
Skip This
Logo