कञ्चनपुर,

वर्षासँगै आज आएको हावाहुरीले छानो उडाउँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका १६ परिवार दलितको विचल्ली भएको छ । "/>

कञ्चनपुरमा भिषण हावाहुरीः १६ वटा घरको छानो उडायो

कञ्चनपुरमा भिषण हावाहुरीः १६ वटा घरको छानो उडायो

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर,

वर्षासँगै आज आएको हावाहुरीले छानो उडाउँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरका १६ परिवार दलितको विचल्ली भएको छ । हावाहुरीले टायलले छाएको घरको छाना उडाउँदा स्थानीय भानसिंह सार्की, पठान सार्की, काले कामी, तारा चुनारा, राम चुनारालगायत १६ परिवार हावाहुरीका कारण छाना उडाएपछि दलित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।

छाना हावाहुरीले उडाएपछि घरभित्र राखेको अन्नसँगै, साँझ विहान खानका लागि राखेको खाद्यसामग्री सबै भिजेर नोक्सानी भएको वडा सदस्य शिवराज भट्टले बताए । भिजेका ओढने, विछयाउने कपडा दलित परिवारले प्रयोग गर्नु पर्ने बाध्यता रहेको उनले बताए । घरको छाना हावाहुरीले उडाएपछि केही परिवार गोठमा बसेका छन् भने धेरै परिवार छानो उडाएको घर बाहिरको आँगनमा बसेका छन् । किरियापुत्रि भएका परिवार समेत बस्ने घरको छानो नभएपछि रुखमुनि बसेका छन् ।
रासस

 

Logo