तिहारका ५ दिनको महत्व, कुन दिन के को पूजा ? (भिडियाेसहित)

तिहारका ५ दिनको महत्व, कुन दिन के को पूजा ? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

तिहार शुक्रबारदेखि औपचारिक रुपमा शुरु भएको छ । पहिलो दिन कागतिहार मनाइएको छ । आज दोस्रो दिन कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गरि मनाईंदै छ ।

हिन्दु धर्मावलम्बीहरुको दशैंपछिको अर्को ठूलो पर्व हो तिहार । यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि शुरु हुन्छ । तिहार ५ दिनसम्म मनाइन्छ । पहिलो दिन काग तिहार हो । दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । तेस्रो दिन गाईतिहार (लक्ष्मीपूजा) हो भने चौथो दिनलाई गोर्बधन पूजा वा हल तिहार भनिन्छ । यसदिन गोर्बधन पर्वत र गोरुको पूजा गरिन्छ । अन्तिम दिन भाइटीका हो । यसपटक हामीले तिहारको महत्व र पाँच दिन के के गरिन्छ भनेर केलाउने प्रयास गरेका छौं ।

के हो तिहार ?
पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने विश्वास छ । तिहारको पहिलो दिन भगवान धन्वन्तरीको जन्म भएको हुनाले यस दिनलाई धन्वन्तरी जयन्ती पनि भनिन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन पर्वत र भाइ पूजा गरिन्छ । पीङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी मनाउने चाड हो तिहार ।

पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूका अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको हो । यसरी रहँदा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई जे मन लाग्छ वर माग भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनु पर्ने, साथै दिदीभाइ र दाजुबहिनीको प्रेम सदा अटल रहोस् साथै दाजुभाईको आयू, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै वरदान दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ ।

 

Skip This
Skip This
Logo