रोहित पौडेलले जितेको जेको जे५ को २५ प्रतिशत उपहार कर एसपीजी अटोमोबाइल्सले नै बेहोर्ने

रोहित पौडेलले जितेको जेको जे५ को २५ प्रतिशत उपहार कर एसपीजी अटोमोबाइल्सले नै बेहोर्ने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल प्रिमियम लिग सिजन २ को समापनसँगै नेपालका लागि ओमोडा र जेको गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलका लागि एक महत्वपूर्ण सहयोगको घोषणा गरेको छ।

एनपीएल सिजन २ मा ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट’ घोषित भएका रोहित पौडेललाई पुरस्कार स्वरूप प्रदान गरिएको जेको जे५ इलेक्ट्रिक एसयुभीको भव्य हस्तान्तरण कार्यक्रमका क्रममा, कम्पनीले उक्त गाडीमा लाग्ने २५ प्रतिशत उपहार कर पूर्ण रूपमा आफैँले बेहोर्ने आधिकारिक घोषणा गरेको हाे ।

जेको जे५ एक प्रिमियम इलेक्ट्रिक एसयुभी हो, जसलाई विलासिता र मजबुत प्रदर्शन दुवैका लागि डिजाइन गरिएको छ। ४६१ किलोमिटरको रेन्ज, १५५ किलोवाटको शक्तिशाली मोटर र १८५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएको यो गाडी नेपालको विविध भू-बनोटमा एक च्याम्पियनको यात्राका लागि उत्कृष्ट सहयात्री हुनेछ।

Skip This
Skip This
Logo