काठमाडौँ

काष्ठमण्डप पुनःनिर्माण अभियानले विश्व सम्पदा सूचीमा रहेको काष्ठमण्डप पुनःनिर्माण गर्ने कार्यमा सरकार उदासीन रहेको जनाएको छ । "/>

काष्ठमण्डपको शिघ्र पुनःनिर्माणको माग

काष्ठमण्डपको शिघ्र पुनःनिर्माणको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

काष्ठमण्डप पुनःनिर्माण अभियानले विश्व सम्पदा सूचीमा रहेको काष्ठमण्डप पुनःनिर्माण गर्ने कार्यमा सरकार उदासीन रहेको जनाएको छ । भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक, मौलिक र महत्वपूर्ण सम्पदा काष्ठमण्डपको जीर्णोद्धार कार्य अझै शुरु भएको छैन् ।

अभियानले काष्ठमण्डप पुनःनिर्माणका लागि ०७२ जेठमा नै सरकारको ध्यानाकर्षण गरेको स्मरण गर्दै विश्व सम्पदा संरक्षण मापदण्ड अनुरुप समुदायको स्वामित्वमा पुनःनिर्माण हुनु पर्ने सो अभियानका अध्यक्ष बैकुण्ठ मानन्धरले आइतबार प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सरकारी निकाय, सरोकारवाला, विज्ञहरु र समुदायसँगको अन्तक्रियामा जनस्तरबाटै सम्पदाको पुनःनिर्माण गर्ने निष्कर्ष निकालिएको मानन्धरले बताए । सातौँ शताब्दीमा निर्मित काष्ठमण्डपको जनस्तरबाटै पुनः निर्माण गरेर विश्वसामु नेपाली पुरातात्विक सम्पदा पुनः निर्माण गर्न सक्षम छौँ भन्ने सन्देश दिनु पर्ने विज्ञप्तिमा उल्लेख उल्लेख गरिएको छ ।
रासस

Logo