टिकौली जङ्गल नजिक मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु,एक युवक घाईते

टिकौली जङ्गल नजिक मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु,एक युवक घाईते

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । यस्तै पछाडी सवार एक जना युवक घाईते भएका छन् । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान रत्ननगर नगरपालिका–९ टिकौली जङ्गल नजिक दुर्घटना भएको थियो। दुर्घटना हुँदा मोटरसाइकल चालक तृशल महतो र मोटरसाइकलमा सवार १९ वर्षीय अङ्कित महतो घाइते भएका थिए ।

घाइते तृशलको उपचारका क्रममा सेन्ट्रल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का घाइते अङ्कितको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Logo