प्रधानमन्त्री कार्कीद्वारा तीन दलका शीर्ष नेताहरुको बैठक आह्वान

प्रधानमन्त्री कार्कीद्वारा तीन दलका शीर्ष नेताहरुको बैठक आह्वान

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आह्वान गरेकी छन् ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाएकी हुन् । बैठक शनिबार राखिएको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्की समेतको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरुसँग शीतलनिवासमा छलफल गरेका थिए ।

Skip This
Skip This
Logo