बुटवल,

बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजे देखि आगलागी भएको छ । "/>

वुटवलको भाटभटेनीमा एका विहानै आगलागी

वुटवलको भाटभटेनीमा एका विहानै आगलागी

केन्द्रबिन्दु
0
Shares

बुटवल,

बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपरमार्केटमा आज बिहान ४ः०० बजे देखि आगलागी भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बुटवल उपमहानगरपालिकाको दमकल, सिद्धार्थ नगरपालिका र रामग्राम नगरपालिकाको दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

भाटभटेनी सुपरमार्केटको चौथो र पाँचौँ तलामा आगलागी भएको हो । आगलागी विद्युत (सर्ट) चुहिएर भएको बताइएको छ तर यकिन भएको छैन । सो सुपरमार्केट गत वर्ष देखि ९५ करोडको लागतमा सम्पन्न गरी शुरु गरिएको थियो । क्षतिको विवरण प्राप्त हुन सकेको छैन ।
रासस

Logo