एजेन्सी । चीनले ताइवानलाई अर्बौं डलरको हतियार बिक्री गर्ने अमेरिकी कम्पनी र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा बोइङ, नर्थरोप ग्रुम्यान, एल–३ ह्यारिस लगायत कम्पनी र ९ जना वरिष्ठ अधिकारी परेका छन्। ती व्यक्तिहरू चीन प्रवेश गर्न पाउने छैनन् र सम्बन्धित कम्पनीका चीनभित्र रहेका सम्पत्ति रोक्का गरिन भएका छन् ।
यो कदम चिनियाँ विदेश मन्त्रालयका अनुसार ताइवान मुद्दामा “सिमाना नाघ्ने उत्तेजक कदमको जवाफ” हो। गत साता वासिङ्टनले ताइवानलाई ११.१ अर्ब डलर बराबरको हतियार बिक्री घोषणा गरेको थियो।
अमेरिकी विदेश मन्त्रालयले चीनलाई प्रतिशोध नलिन र ताइवानसँग अर्थपूर्ण संवाद गर्न आह्वान गरेको छ । यसैबीच, बोइङले चिनियाँ वायुसेवा कम्पनीलाई ५०० नागरिक विमान बिक्री गर्ने सम्भावनामा वार्ता गरिरहेको छ ।































प्रतिक्रिया