काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच राजनीतिक सहकार्यबारे छलफल जारी छ। ललितपुरको ज्वागलस्थित कुमार बेनको निवासमा उनीहरूबीच भेटवार्ता भइरहेको निकट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बालेन र कुलमानबीच देश विकास केन्द्रित नयाँ राजनीतिक धार अघि बढाउने विषयमा करिब सहमति बनेको छ। यसै सन्दर्भमा ८८राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)८८सँग पनि सहकार्यको प्रयास भइरहेकामा सांगठनिक संरचनाको विषयमा सहमति जुट्न सकेको छैन ।
रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरे पनि संगठनको प्रमुख हिस्सेदारी आफूले पाउनुपर्ने अडान राखेपछि छलफल सकारात्मक दिशामा अघि बढ्न नसकेको बताइएको छ । यद्यपि बालेन र कुलमानबीच सहकार्य निश्चितजस्तै रहेको र जारी छलफलबाट ठोस निर्णय आउने स्रोतले जनाएको छ ।





























प्रतिक्रिया