काठमाडौं

कांग्रेसको चुनावी समीक्षा बैठक वैशाख सम्म तन्किने भएको छ । केन्द्रीय सदस्य खुम बहादुर खड्काको निधनमा पाँच दिने शोक र सात दिन सम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको कांग्रेसले चुनावी समीक्षा बैठक अब वैशाखको पहिलो हप्ता मात्र गर्ने भएको छ । "/>

कांग्रेस चुनावी समीक्षा वैशाख सम्मै लम्बिने

कांग्रेस चुनावी समीक्षा वैशाख सम्मै लम्बिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कांग्रेसको चुनावी समीक्षा बैठक वैशाख सम्म तन्किने भएको छ । केन्द्रीय सदस्य खुम बहादुर खड्काको निधनमा पाँच दिने शोक र सात दिन सम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको कांग्रेसले चुनावी समीक्षा बैठक अब वैशाखको पहिलो हप्ता मात्र गर्ने भएको छ ।

कांग्रेसको चुनावी समीक्षा बैठक ९ चैतबाट सुरु भएर अनिश्चितकालका लागि स्थगित भएको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार चुनावी समीक्षा बैठक ३ वा ४ वैशाखमा हुनेछ । ‘खुमबहादुर दाइको शोक र तरुण दलको प्रशिक्षणको कार्यक्रम परेकाले केन्द्रीय समिति बैठक अब वैशाखको पहिलो हप्ता मात्र हुन्छ,’ शर्माले भने, ‘३ वा ४ वैशाखमा बस्ने तयारी छ ।’

दलको प्रशिक्षणमा केन्द्रीय नेता पनि सहभागी हुने कार्यक्रम छ । प्रशिक्षण कार्यक्रम नेताहरूले पनि चलाउनेछन् । यसकारण पनि बैठक सारिएको जानकारी शर्माले दिए । तरुण दलको प्रदेश १ को प्रशिक्षण कार्यक्रम २५ र २६ चैतमा झापामा हुनेछ भने प्रदेश २ को २९ र ३० चैतमा पर्सामा हुनेछ ।

यसअघि चुनावी समीक्षाका लागि पाँच दिन बैठक चलेको थियो । यसबीचमा पनि स्थगित हुँदै बैठक सञ्चालन भएको थियो । जसमा ४३ केन्द्रीय सदस्यले बोलेका थिए । अब बैठक चलेपछि तीन दिनमा बैठक सकाउने तयारी छ । दुई दिन लामो छलफल गराउने र तेस्रो दिन बैठक सकाउने तयारी छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo