काठमाडौं

कर्णालीका हिमाली जिल्लामा आवासीय विद्यालय नहुँदा उच्च शिक्षामा भर्नादर कम हुने गरेको सामाजिक विकासमन्त्री दलबहादुर रावलले जानकारी दिए । "/>

कर्णाली प्रदेशमा उच्च शिक्षामा भर्नादर निरन्तर घट्दो

कर्णाली प्रदेशमा उच्च शिक्षामा भर्नादर निरन्तर घट्दो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कर्णालीका हिमाली जिल्लामा आवासीय विद्यालय नहुँदा उच्च शिक्षामा भर्नादर कम हुने गरेको सामाजिक विकासमन्त्री दलबहादुर रावलले जानकारी दिए । तथ्यांक अनुसार प्राविमा ९७ प्रतिशत बालबालिका विद्यालय भर्ना भएको देखिन्छ, तर निमावि तहमा आइपुग्दा ८४.९ प्रतिशतमा झरेको देखिन्छ । माध्यमिक तहमा आउँदा भर्नादर झन् घटेर ५५.८ प्रतिशत र उमाविमा १८ प्रतिशत मात्रै रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसै विच अहिले यस प्रदेशमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या निकै कम छ । प्रदेशका सुर्खेत, जाजरकोट, सल्यान, दैलेख र पश्चिम रुकुममा सामान्य समस्या भए पनि हिमाली जिल्लामा भने शिक्षकको चरम अभाव रहेको मन्त्रालयको तथ्यांकमा देखिन्छ । हिमाली जिल्लामा ३० जना विद्यार्थी बराबर एक शिक्षक हुनु पर्ने हो । तर औसतमा ४४ जना विद्यार्थी बराबर एकजना शिक्षकको अनुपात देखिएको छ । हिमाली जिल्लाका कतिपय विद्यालय त एक शिक्षकको भरमा मात्रै चलेका पनि छन् । मन्त्री रावलले यस्तो समस्या समाधानका लागि आवासीय विद्यलाय सञ्चालन गर्ने योजनामा सरकार रहेको बताए ।

यस्तै कर्णालीमा बालविवाह दर पनि बढी छ । प्रदेशका हिमाली जिल्लामा यो समस्या बढी छ । प्रदेश सरकारले हालै संकलन गरेको तथ्यांक अनुसार कर्णाली प्रदेशमा ५३ प्रतिशत बालविवाह हुने गरेको छ ।
नयाँ पत्रिकाबाट

Logo