चीन र जापानबीचको कूटनीतिक विवादपछि जापानको पर्यटन उद्योग प्रभावित

चीन र जापानबीचको कूटनीतिक विवादपछि जापानको पर्यटन उद्योग प्रभावित

केन्द्रबिन्दु
39
Shares

एजेन्सी। चीन र जापानबीचको कूटनीतिक विवादको परिणामले जापानको पर्यटन उद्योगलाई नकारात्मक असर परेको छ । गत महिना, जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमा चिनियाँ मुख्य भूमिको काल्पनिक आक्रमणले टोकियोबाट सैन्य प्रतिक्रिया निम्त्याउन सक्छ भनेको विषयलाई चीनले आक्रामक रुपमा लिएको थियो। चीनले ताकाइचीको टिप्पणीको तुरुन्तै खण्डन गरेपनि चिनियाँ जनताले जापानी उत्पादन र सेवाहरूको ठूलो मात्रामा रद्द समेत गरेका थिए।

जसका कार।ण सबैभन्दा गम्भीर रूपमा प्रभावित क्षेत्रहरू मध्ये एक जापानको पर्यटन उद्योग हो । जुन स्थानीय मिडियाले कोभिड–१९ को समयमा भएको गिरावट जस्तै हालको अवस्था भएको रिर्पोटिङ गरेका छन् ।ओसाकादेखि ओकिनावासम्म, आगमन उडानहरू, होटलहरू, भ्रमणहरू, किनमेल र रेस्टुरेन्टहरूले आरक्षण र राजस्वमा गिरावट आएको रिपोर्ट गरिरहेका छन्।

स्थानीय व्यवसायीका अनुसार पर्यटकहरूको संख्यामा स्पष्ट कमी आएको र व्यक्तिगत पर्यटकहरूको संख्या ५० प्रतिशतभन्दा बढीले घटेको छ। जापान पर्यटन एजेन्सीले जारी गरेको तथ्याङ्क अनुसार, वर्षको पहिलो तीन त्रैमासिकमा चिनियाँ मुख्य भूमि र हङकङ विशेष प्रशासनिक क्षेत्रका पर्यटकहरूले जापानमा भएको कुल आन्तरिक पर्यटन खर्चको लगभग ३० प्रतिशत योगदान पु¥याएका छन्।

Logo